१० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026

उम्मेदवार कानोडियाको चुनावी प्रतिबद्धता : समृद्धिका बहुआयामिक याेजना



चन्द्राैटा ।

प्रतिनिधि सभा निर्वाचन कपिलवस्तु क्षेत्र न. ३ का नेकपा एमाले उम्मेदवार बिरेन्द्र कुमार कानोडियाले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्न सक्ने कामहरूको विवरण सहित पत्रकार मार्फत “समृद्ध देश साझा गन्तव्य, सुखी जनता सुदृढ भविष्य” भन्ने मूल ध्येयसहित समग्र विकासका लागि एमाले उम्मेदवार बिरेन्द्र कुमार कनोडियाले समृद्धिका बहुआयामिक योजनाहरु सहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

उहाँले प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार विकास, आर्थिक समृद्ध कृषि र रोजगारी ,शिक्षा तथा खेलकुद ,सामाजिक न्याय र स्वास्थ्य सेवा ,पर्यटन तथा संस्कृति ,युवा लक्षित कार्यक्रम ,सुशासन सहितको सेवा प्रवाह ,वातावरण संरक्षण तथा न्याय , सिँचाइ, शिक्षा, स्वास्थ्य, खानोपानी, र सूचना प्रविधिलाई प्राथामिकता दिनुभएको छ ।

प्रतिबद्धता पत्रमा कनोडियाले हुलाकि सडकको शिवगढी पश्चिम तर्फ बिस्तारमा पहल, दुई निर्वाचन जोड्ने सडक संजाल, चन्द्रौटा – मैनार सडक खण्डको कहरा र मैनार नदिमा पुल निर्माण कार्य, आरटिओ सडक स्तर उन्नति ,शंकरपुर तालमा जलाशय निर्माण गरि सिंचाइको प्रबन्ध मिलाउने ,गड्डाघाट सिंचाइ योजनाको स्तरोन्नति गरि सिंचाइको प्रबन्ध मिलाउने सडकहरू कालोपत्रे, नदी तथा खोलाको कटान रोक्नका लागि व्यवस्थित तटबन्धन गर्ने योजना अगाडि सार्नुभएको छ ।

त्यस्तै शिक्षा तर्फ प्राबिधिक (CTVT) क्लेज स्थापन गर्ने र पर्यटन बिकासको लागी एतिहासिक ,पुरातात्त्विक , मन्दिरकोसंरक्षण गरि पर्यटकीय क्षेत्रको बिकास गर्ने। बिजयनगरमा होम स्टेको प्रबन्ध मिलाउने लगायतका योजना अगाडि सार्नु भएको छ।

कतिपय समस्याहरू प्रतिवद्धता पत्रमा समेट्न नसकिएको बताउँदै उम्मेदवार कानोडियाले जनताको प्रतिनिधिको रुपमा निर्वाचित भएमा जनतासँगै रहेर जनता कै मनोभावना अनुसार काम गर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२ आइतबार ००:००  १० : ४० बजे