५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

एमालेका वडा अध्यक्ष उम्मेदवारसहित कांग्रेसमा प्रवेश, पार्टी थप मजबुत बनेको दाबी



कपिलवस्तु ।
एमालेका वडा अध्यक्ष उम्मेदवार तथा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्षसहित सयौँ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुद्धभूमि नगरपालिका वडा नं। १० का एमाले वडा अध्यक्ष उम्मेदवार कल्लु मुसलमानसहित सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। त्यसैगरी समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष कबिन्द्र यादवले पनि कांग्रेस रोजेका छन्।

उनीहरूलाई कांग्रेस क्षेत्र न. २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै आचार्यले क्षेत्र नं. २ मा कांग्रेसप्रति जनलहर बढ्दै गएको र पार्टी दिनप्रतिदिन थप मजबुत बन्दै गएको दाबी गरे।

नवप्रवेशी नेताहरूले देशमा स्थिरता, विकास र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस रोजेको बताएका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२ बिहिबार ००:००  ६ : ४८ बजे