तेहरान ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिकी आक्रमणमा हत्यापछि अब प्रश्न उठेको छ खामेनीपछि इरानको नेतृत्व कसले सम्हाल्छ ?
सीएनएनको विश्लेषणअनुसार इरानमा सर्वोच्च नेताको उत्तराधिकारीबारे कुनै स्पष्ट वा औपचारिक नाम सार्वजनिक छैन, जसले सत्ता संक्रमणलाई अत्यन्त संवेदनशील बनाएको छ ।
सर्वोच्च नेता कसरी चयन हुन्छ ?
इरानको संविधानअनुसार सर्वोच्च नेता प्रत्यक्ष चुनावबाट होइन, ८८ सदस्यीय ‘ब्ककझदथि या भ्हउभचतक’ ले चयन गर्छ । धार्मिक विद्वानहरूको यो निकायले नयाँ सर्वोच्च नेता नियुक्त गर्ने अधिकार राख्छ ।
तर, व्यवहारमा निर्णय केवल धार्मिक प्रक्रियामात्र नभई सैन्य शक्ति, इस्लामिक रिभोलुसनरी गार्ड ९क्ष्च्न्ऋ०, राजनीतिक गुट र सुरक्षा संस्थाको सहमतिमा निर्भर रहने विश्लेषकहरू बताउँछन्। ।
सम्भावित नामहरू को-को ?
सीएनएनका अनुसार केही प्रभावशाली व्यक्तिहरू सम्भावित उत्तराधिकारीका रूपमा चर्चा हुँदै आएका छन् स्
१. मोज्तबा खामेनी
मोज्तबा सर्वोच्च नेता खामेनीका छोरा हुन् । औपचारिक पदमा नभए पनि सुरक्षा र धार्मिक संरचनाभित्र उनको ठूलो प्रभाव रहेको मानिन्छ । तर, वंशीय उत्तराधिकारको आलोचना हुने जोखिम उच्च छ।
२. इब्राहिम रईसी (पूर्वराष्ट्रपति)
रईसी कट्टरपन्थी धार्मिक(न्यायिक पृष्ठभूमिका कारण पहिले प्रमुख दाबेदार मानिन्थे । हालको राजनीतिक परिस्थितिले उत्तराधिकार समीकरण थप जटिल बनेको विश्लेषण गरिएको छ ।
३. आयातोल्लाह अलीरेजा अराफीरसादेक लारिजानी
धार्मिक प्रतिष्ठानभित्र बलिया मानिने वरिष्ठ धर्मगुरुहरू, जसलाई ‘सम्झौताका उम्मेदवार’ का रूपमा हेरिन्छ ।
यस्तो अवस्थामा नेतृत्व परिवर्तन भए सत्ता संघर्ष, सुरक्षा संस्थाबीच शक्ति प्रतिस्पर्धा वा नीति दिशामा ठूलो परिवर्तन सम्भव रहेको सीएनएनले उल्लेख गरेको छ ।
अहिलेसम्म स्पष्ट उत्तराधिकारी नदेखिनु स्वयं इरानको राजनीतिक संरचनाभित्रको अनिश्चितताको संकेत मानिएको छ । खामेनीपछिको सत्ता हस्तान्तरण केवल नेतृत्व परिवर्तन मात्र होइन-इरानको भविष्यको वैचारिक दिशा तय गर्ने निर्णायक क्षण बन्न सक्ने विश्लेषण गरिएको छ।







प्रतिक्रिया