कपिलवस्तु । निर्वाचनको समयसिमा २ दिनमात्र बाँकी छदा राजनीतिक दलहरुबीचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ । कपिलवस्तुको क्षेत्र नम्बर १ मा खासगरी ठुला दलहरुको मुख्य प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार आशिष शर्मा रहेको आकलन गरेका छन् । नेकपा एमाले, रास्वपा, नेपाली काँग्रेस, नेकपाका उम्मेदवारका निकट श्राेतले स्वतन्त्र उम्मेदवार शर्मा प्रतिस्पर्धामा रहेकाे बताए । स्वतन्त्र उम्मेदवार शर्माले चुनावी घरदैलोमा राम्रै पकड जमाउन सफल भए, उत्तरी क्षेत्रदेखि दक्षिणी सिमा सम्म । कांग्रेसकै धेरै नेता कार्यकर्ता तथा युवाहरूकाे साथ र सहयाेग उनले दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा समान प्रभाव जमाउन सफल भएको उनी बताउछन् । यतिबेला सवै दल को मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार शर्मा रहेको बताएका छन् । विगत ४ वर्षदेखि चुनावी तयारीमा रहेका शर्माका यस्ता छन् चुनावी प्रतिबद्धता ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार आशिष शर्माले गर्विलो इतिहास, समृद्ध वर्तमान, हाम्रो कपिलवस्तु, हाम्रो पहिचान भन्ने मूल नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एम.वि.ए. गरेका वित्तीय क्षेत्रका अनुभवी शर्माले कपिलवस्तुको समग्र विकासलाई मध्यनजर गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
सहकारी तथा मिटर व्याज पिडितहरुको समस्या समाधानका लागि पिडकको सम्पत्तिवाट असुलउपर गरी द्रुतगतिमा समाधान गर्न पहल गर्ने लगायतका प्रतिबद्धता शर्माले प्रस्तुत गरेका छन् । शर्मालाई निर्वाचन कार्यालयले चुनाव चिन्ह जीप प्रदान गरेको छ ।
युवा व्यवसायी तथा समाजसेवी आशिष शर्मा हाल कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् । उनको स्थायी ठेगाना बाणगंगा नगरपालिका वडा नं ११ हो ।
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय, विकासमुखी सोच र परिणाममुखी नेतृत्व शैलीका कारण परिचित आशिष शर्मा आज कपिलवस्तु जिल्लाको समग्र आर्थिक, सामाजिक तथा कृषि रूपान्तरणको अभियानमा दृढताका साथ अगाडि बढिरहेका छन् ।
विशेषतस् कृषिको आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण तथा युवालाई स्वरोजगारसंग जोड्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले कपिलवस्तुमा समावेशी विकासको राजनीतिक अभियान अघि बढाइरहेका छन् ।
शर्माले एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।वि।ए गरेका छन् । शर्मा चौधरी ग्रुपको पूर्व वरिष्ठ महाप्रबन्धक रही सकेका छन् । नबिल बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, नेपालस तथा युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक सदस्यको अनुभव शर्मासित छ । साथै, शर्मा सुपर मादी हाइड्रोपावर लिमिटेड, नेपाल र मिडल मोदी हाइड्रोपावर लिमिटेड कार्यकारी सञ्चालक समिति सदस्यको जिम्मेवारी पनि संहाली सकेका छन् ।
कपिलवस्तुमा आशिष शर्माको योगदान
दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभ फाउन्डेशन मार्फत सामाजिक रूपान्तरण र स्वास्थ्य क्षेत्रमा मैले त्यागे जस्ता अभियानात्मक कार्यक्रमको सुरुआत गर्दै समुदाय स्तरमै परिवर्तनको नेतृत्व ।
कृषक र स्थानीय कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित एग्रीवस्तु कृषि तारा जस्तो सिर्जनशील तथा परिणाममुखी कार्यक्रमको सफल आयोजना, जसले स्थानीय उत्पादनलाई बजारसाग जोड्ने नयाँ सम्भावना सिर्जना गरेको ।
कपिलवस्तु जिल्लालाई लसुन खेतीका लागि चिनाउने लक्ष्य सहित चिनियाँ प्रविधिको प्रयोग गर्दै चिनियाँ लसुन खेतीको सुरुवात तथा विस्तार ।
जिल्लाभित्र लगानी भित्र्याई रोजगारी सिर्जना गर्ने र बजार नपाएर समस्यामा परेका स्थानीय कृषकका कृषि उत्पादन खरिद तथा भण्डारणका लागि “कोल्ड स्टोर” सञ्चालन गर्दै कृषकको आय वृद्धि र स्वरोजगार प्रवर्द्धन । दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभ फाउन्डेशन मार्फत विभिन्न विद्यालयका विद्याथीहरूलाई पुरस्कार वितरण कार्यक्रम सञ्चालनका कार्य गर्दै आएका छन् आशिष शर्माले ।

यस्ता छन् शर्माका प्रतिबद्धता
धार्मिक पर्यटन र अन्तराष्ट्रिय पहिचान
कपिलवस्तु जिल्ला तथा क्षेत्रअन्तर्गत अन्तर्राष्ट्रिय ख्यातिका बौद्ध तीर्थस्थल तथा सम्पदाहरू र वैदिक सनातन परम्परासँग सम्बन्धित अनेकौ तीर्थस्थलहरूको व्यापक प्रचार प्रसार गरी धार्मिक पर्यटन मार्फत कपिलवस्तुको विशिष्ट पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने ।
युवा उद्यमशीलता र स्वदेशमै अवसर
अध्ययन तथा रोजगारीको खोजीमा युवाहरूको बढ्दो वैदेशिक आकर्षणलाई रोक्न सहुलियतपूर्ण कर्जाका साथै निजी इक्विटी भेन्चर क्यापिटल जस्ता आधुनिक वित्तीय उपकरणहरू परिचालन गर्ने । स्टार्टअपका लागि लगानीमैत्री वातावरण निर्माण गरी नवप्रवर्तन र उद्यमशीलताको विकास गर्ने छु, ताकि “हामी आफ्नै माटोमा गर्न सक्छौं र हामी गछौं” भन्ने दृढ आत्मविश्वास सहितको ऊर्जावान युवा जनशक्ति तयार होस् ।
औद्योगिकीकरण र रोजगारी विस्तार
जिल्लाभर निर्माण भइसकेको विद्युतीकरण सञ्जाललाई अधिकतम उपयोग गर्दै औद्यागिकीकरणलाई गति दिइने छु । निजी उद्योग(व्यवसायको प्रवर्द्धन गरी रोजगारीका अवसरहरू वृद्धि गर्ने ।
शिक्षा, स्वास्थ्य र आर्थिक विकास
प्राविधिक तथा उच्च शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा मार्फत सामाजिक रूपान्तरणलाई व्यवहारमा उतार्ने छु । उदार आर्थिक नीति अन्तर्गत द्रुत आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमहरूलाई समर्थन गर्ने ।
सुशासन, पारदर्शिता र डिजिटल सेवा
राज्यका सबै निकायहरूमा पूर्ण डिजिटल प्रणाली लागू गरी सेवा प्रवाहलाई सरल, छिटो र फट रहित बनाउन पहल गर्ने छु । साथै आज सम्म भएका सम्पूर्ण भ्रष्टाचार तथा वैयितिहरूको न्यायिक छानविनका लागि पहल गर्ने छु ।
सहकारी तथा मिटर व्याज पिडितहरुको समस्या समाधानका लागि पिडकको सम्पत्तिवाट असुलउपर गरी द्रुतगतिमा समाधान गर्न पहल गर्ने ।
महिला सशक्तीकरण
महिला सशक्तिकरण बिना सामाजिक रूपान्तरण सम्भव छैन । त्यसैले महिलाहरुका लागि रोजगारीमुखी व्यावसायिक प्रशिक्षण, सीपमूलक तालिम तथा उच्च शिक्षामा विशेष प्राथमिकता दिँदै महिलाहरुको अधिकार, अवसर र नेतृत्वमा समान पहुँच सुनिश्चित गर्दै उनीहरूलाई आत्मनिर्भर, सक्षम र स्वाभिमानी नागरिकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त ।
आधुनिक सिँचाई पूर्वाधार र जल व्यवस्थापन
लक्ष्मणघाट, श्रृङ्गीघाट र प्रगति लगायत बाणगा नदीका विद्यमान सिँचाई प्रणालीलाई स्तरोन्नति गरी थप प्रभावकारी यहाँ बनाउने छु । पूर्वी भेगको सिँचाई सुनिश्चितताका लागि जगदीशपुर शैलीको नयाँ जलाशय (रिजर्भोइर) निर्माण गर्न पहल गर्ने छु ।
बेल र बाणगंगा नदीको दोभान (बर्गदी घाट) मा बाँध निर्माण गरी हुलाकी सडक देखि दक्षिण कोठी नदी सम्म बृहत सिँचाई सञ्जाल विस्तार गर्न पहल गर्ने छु । साथै राप्ती नदीको पानी सुरुङ मार्फत सुराई नदी हुँदै कोठी नदी सम्म खसाल्ने आयोजनालाई सफलता पूर्वक कार्यान्वयन गर्ने।
पूर्ण सिंचित कृषि र कृषि व्यवसाय प्रवर्द्धन
ठुला सिँचाइ आयोजनाहरू सम्पन्न भएसँगै कपिलवस्तुलाई पूर्ण सिंचित क्षेत्र बनाइनेछ । आधुनिक कृषि प्रविधि र बजारसँग सिँचाइ पूर्वाधारलाई जोड्दै परम्परागत खेतीको सट्टा उच्च मूल्यका बाली तथा कृषि व्यवसाय को प्रवर्द्धन गरी किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने छु ।
वन क्षेत्रमार्फत आय र रोजगारी
राष्ट्रिय, सामुदायिक तथा साझेदारी वन क्षेत्रमा सरकारका कानुन तथा नियमअनुसार आयमूलक कार्यक्रम सञ्चालन गरी व्यापक रोजगारी सिर्जना गर्ने छु ।
श्रम, उत्पादन र व्यवस्थित बसोबास समाधान
मजदुरलाई उत्पादनसँग आबद्ध गराई बढी उत्पादन, बढी सुविधाको नीतिलाई व्यवहारमा लागू गर्न पहल गर्ने छु । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको वस्तुगत पहिचान गरी यो समस्यालाई एक पटकका लागि पूर्ण रूपमा शून्यमा ल्याउन पहल गर्ने लगायतका आशिष शर्माका प्रतिबद्धता रहेका छन् ।







प्रतिक्रिया