६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

बाणगंगामा बोक्सी आरोपमा दुई महिला पक्राउ



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको घटनामा दुई महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टहवा निवासी ५१ वर्षीया हुम कुमारी झेडी र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आरोपितहरूले बाणगंगा–१ उप्टहवा निवासी ५७ वर्षीया लिला कुमारी श्रेष्ठलाई बोक्सीको आरोप लगाउँदै अगुल्टाले डाम्ने तथा दुर्व्यवहार गरेको आरोप छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२ बिहिबार ००:००  ३ : ३२ बजे