३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

प्रहरी निरीक्षक पौडेल प्रदेशबाट उत्कृष्ट घोषित



वाणगंगा ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरले फागुन महिनाको उत्कृष्ट प्रहरी (Best police of the month) काे रूपमा प्रहरी निरीक्षक अर्जुन पौडेललाई चयन गरेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले पौडेललाई उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै पुरस्कृत गर्नुभएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहतको इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरीक्षक पौडेललाई संगठनको नीति निर्देशन बमोजिम व्यावसायिकताका साथ अपराध नियन्त्रण र अनुसन्धानमा पुर्‍याएको योगदानका लागि यो सम्मान प्रदान गरिएको हो। साथै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन खेलेको सराहनीय भूमिकालाई पनि आधार बनाइएको छ। निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे ।

यसै बीच इप्रका पिपराले निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरी निर्वाचन प्रहरीहरूको सफल कार्यकालपछि पिपरामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई बिदाइ समेत गरिएको थियो । इन्स्पेक्टर पौडेलको यो सफलताले कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने विश्वास लिइएको मायादेवी अनलाइनलार्इ बताउनुभयाे।

प्रकाशित मिति : ३ चैत्र २०८२ मंगलबार ००:००  ९ : २६ बजे