३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’



काठमाडौँ ।
अर्थ मन्त्रालयले पश्चिम एसिया (मध्यपूर्व) मा जारी द्वन्द्वले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषण (रेमिट्यान्स) मा मध्यपूर्वको तनावले ठूलो धक्का पुग्न सक्ने आँकलन गरेको छ।

हाल मध्यपूर्वका विभिन्न देशहरूमा करिब १७ देखि १८ लाख नेपाली श्रमिकहरू कार्यरत छन्। त्यहाँको तनावले विप्रेषण आप्रवाह घट्नसक्ने र त्यसले नेपाली समग्र अर्थतन्त्रको चक्रमा नै ठूलो असर पार्न सक्ने अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताए।

उनका अनुसार यदि त्यहाँ रहेका ठूलो संख्याका श्रमिक नेपाल फर्किनुपर्ने अवस्था आएमा उनीहरूको व्यवस्थापन गर्नु अर्को ठूलो चुनौती हुनेछ। युद्धका कारण खाडी क्षेत्रलाई ट्रान्जिट बनाएर तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरूको संख्यामा पनि गिरावट आउनसक्ने देखिएको पाण्डेयले बताए।

‘नेपालमा आइरहेको विप्रेषण जुन छ, त्यो कम हुन सक्छ । वैदेशिक रोजगारीमा रहेको ठूलो जनशक्ति अर्थात् करिब १७(१८ लाख जनशक्ति मध्यपूर्वमा छ’, उनले भने, ‘त्यो जनशक्ति नेपालमा फर्कदा कसरी व्यवस्थापन गर्ने अर्को चुनौती हुनसक्छ।’

प्रकाशित मिति : १० चैत्र २०८२ मंगलबार ००:००  १ : ५८ बजे