५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

अध्यक्ष ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुको विराेध प्रदर्शन



काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले टायर बालेर प्रदर्शन गरेको हो।

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो। पार्टीको निर्देशन अनुसार पार्टी निकट विद्यार्थी संगठनले सडकमा प्रदर्शन गरेको हो।

सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमालेले सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२ शनिबार ००:००  २ : ४७ बजे