४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सरकारले प्रवेश परीक्षा तयारी र ब्रिज कोर्स कार्यक्रम वैशाख १ गतेदेखि बन्द गर्ने



काठमाडौं

आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गरेर विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू बन्द गर्ने जनाएको हो। 

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने भएकाले बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ। 

विभिन्न संस्थाहरूले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी यस खालका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। 

यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले अनुरोध गरेको छ। 

प्रकाशित मिति : १५ चैत्र २०८२ आइतबार ००:००  ८ : ३८ बजे