१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

प्रि–मनसुनमा औसतभन्दा धेरै वर्षा, शुक्रवारदेखि फेरि पानी पर्ने सम्भावना



काठमाण्डाै ।

प्रि–मनसुन अवधिमा अहिलेसम्म देशभर औसतभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् बिनु महर्जनकाअनुसार फागुन १५ देखि जेठ १५ गतेसम्मको समयलाई प्रि–मनसुन भनिन्छ । प्रि–मनसुनको अवधिमा सामान्यतया २२६ मिलिमिटर वर्षा हुनेमा हिजोसम्म ७७ दशमलव ५ मिलिमिटर अर्थात् २९ दशमवलव ५ प्रतिशत वर्षा भइसकेको छ । यो औसत २० प्रतिशतभन्दा धेरै हो ।

अहिले देशभर सामान्य बदली रहेको छ । भाेलि बिहीवारसम्म मौसम सामान्यतया सफा रहने र पर्सि शुक्रवारदेखि फेरि वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । मौसम परिवर्तन भइरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२ बुधबार ००:००  ९ : २३ बजे