तौलिहवा(कपिलबस्तु), वैशाख २ गते । जिल्लाको हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंज गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल महाराजगंज नगरपालिका–६ भलवारी चोक नजिकै डिभाइडरमा ठोक्किँदा भारतको उत्तरप्रदेश सिद्धार्थनगर ढेबरुवा थाना कमरियाग्रामका ३१ वर्षीय संजय मौर्यको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मौर्यको उपचारका क्रममा कपिलवस्तु अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक रजन ढकालले बताउनुभयो ।







प्रतिक्रिया