२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मुर्गियामा अप्सन बुटिकको दोस्रो शाखा सञ्चालन



रुपन्देही, मुर्गिया ।
नयाँ वर्षको अवसर पारेर अप्सन बुटिक तथा फेसन डिजाइनिङले आफ्नो दोस्रो शाखा मुर्गियामा सञ्चालनमा ल्याएको छ।
एक औपचारिक कार्यक्रमबीच रेनुका चौधरीलाई शाखा प्रमुखको जिम्मेवारी प्रदान गर्दै सम्मान तथा बुटिक हस्तान्तरण गरिएको हो।
सञ्चालक सुरेश क्षेत्री र अम्बिका क्षेत्रीले कपिलवस्तुको जितपुरमा डिजाइन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। ग्राहकको बढ्दो माग र रुपन्देहीबाट आउने सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले मुर्गियामा नयाँ शाखा विस्तार गरिएको स्टोर प्रमुख रेनुका चौधरीले जानकारी दिइन्।
अब ब्राइडल सेट, गाउन, लेहेङ्गा तथा ब्लाउजका विभिन्न डिजाइनका लागि मुर्गियाबाटै उच्चस्तरीय सेवा उपलब्ध हुने सञ्चालक सुरेश क्षेत्रीले मायादेवी अनलाइनसँग बताए।

प्रकाशित मिति : २ बैशाख २०८३ बुधबार ००:००  ९ : ३७ बजे