२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

इजरायलसहित थप ४ देशमा सरकारले खुलायो पुनस् श्रम स्वीकृति



काठमाडौं । सरकारले थप ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ ।  चैत ३‌० गतेकाे मन्त्रिपरिषद्काे बैठककाे निर्णयअनुसार  इजरायल, लेवलान, कुवेत र बहराइको लागि पुन: श्रम स्वीकृति खुला गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरको गत फागुन १७ को निर्णय बमोजिम मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा रहेका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगित गरेको थियो।

विभागले यसअघि साउदी अरेविया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृती सूचारु गरिएको थियो । बाँकी देशहरु इजरायल, कुवेत, बहराइन र लेवनन देशको समेत पुनः श्रम स्वीकृतिको सुरु गरिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

इराकको हकमा नेपाल सरकार मन्त्रिपरिषद्को पुस ११ को निर्णय बमोजिम हुनेगरी श्रम स्वीकृति प्रदान हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३ बुधबार ००:००  ९ : ४५ बजे