५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

विश्व रक्तदाता दिवसमा तौलिहवामा ६४ जनाद्वारा रक्तदान



कपिलवस्तु । विश्व रक्तदाता दिवसको अवसरमा तौलिहवामा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६४ जनाले रक्तदान गरेका छन्।

रक्तदान जीवनदान भन्ने सन्देशसहित आयोजित कार्यक्रममा उद्योगी, व्यापारी, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक कार्यका रूपमा व्याख्या गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। रक्तदाताहरूलाई प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३ आइतबार ००:००  ८ : १८ बजे