पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी, छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ४७ वर्षीय नवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
आज दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी पन्थ गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रनाउ भट्टराईले बताउनुभयो ।
मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल तिनाउ खोलामा खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस










प्रतिक्रिया