१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

टाउकोको गम्भीर समस्याबाट पीडित बोहराको उपचारका लागि सहयोगको अपिल



भलवाड ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–९ पडरिया टोलका ३७ वर्षीय रामबहादुर बोहरा लामो समयदेखि टाउकोसम्बन्धी गम्भीर समस्याबाट पीडित भएपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ।

पडरिया टोल निवासी रामबली बोहराका छोरा रामबहादुर विगत करिब ६ महिनादेखि टाउकोमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै आएका छन्। स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले टाउकोको शल्यक्रियासमेत गरिएको भए पनि अपेक्षित रूपमा स्वास्थ्यमा सुधार हुन नसकेको परिवारले जनाएको छ।

निरन्तर उपचार आवश्यक रहेकाले आर्थिक अवस्था कमजोर भएका बोहरा परिवारलाई उपचार खर्च जुटाउन समस्या भएको बताइएको छ। हाल रामबहादुरको स्वास्थ्य अवस्था गम्भीर रहेको र उपचारका कारण परिवारमाथि आर्थिक भार थपिँदै गएको परिवारजनले बताएका छन्।

छोराको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि परिवारले संघ /संस्था,आफन्त, शुभेच्छुक, समाजसेवी तथा सहयोगी मन भएका सम्पूर्ण व्यक्तिहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । मानवीय भावनाका साथ सहयोग गरिदिए रामबहादुरको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। सहयोग गर्न चाहने व्यक्तिहरूले परिवारसँग प्रत्यक्ष सम्पर्क गरी वा तल उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सकनु हुनेछ ।
सम्पर्क नम्बर:
📞 ९७४५४३६७५७

प्रकाशित मिति : १६ आश्विन २०८३ शुक्रबार ००:००  ८ : ४८ बजे