२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

बाढीमा बेपत्ता बाणगंगाका बालकको शव भारतमा फेला



मायादेवी अनलाइन, कपिलवस्तु ।

हिजो दिउँसो आएको बाढीका कारण बेपत्ता भएका बाणगंगा नगरपालिका–८ निवासी १० वर्षिय बालक बुद्ध लामाको शव भारतमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार लामाको शव नेपाल–भारत सीमाबाट करिब २ किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बबुहाल खोलामा फेला परेको हो।

फेला परेको शव भारतीय प्रहरीको समन्वयमा सोहरदगढ प्रहरी चौकीमा राखिएको छ। आवश्यक समन्वय गरी शव नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

वर्षायाममा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका क्षेत्रमा आवतजावत गर्दा विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : २८ भदौ २०८३ आइतबार ००:००  १ : ३२ बजे