२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात



गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८/२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

प्रहरीका अनुसार उनी मुसीकोट–५ स्थित घरबाट इस्मा गाउँपालिका–४, हुलामा रहेको माइतीघर जाने क्रममा आइतबार साँझ करिब ७ बजे निस्सी खोला तर्दै थिइन् । सोही क्रममा खोलाले उनलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनाबारे स्थानीयमार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८३ सोमबार ००:००  ८ : ४६ बजे