तानसेन । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा नजिकै गुडिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।
मङ्गलबार बेलुकी करिब ६ः३० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवलतर्फ गइरहेको बा २० च ३९९९ नम्बरको कारमाथि ढुङ्गा खस्दा कारमा सवार तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल, बुटवल उपमहानगरपालिका–७, दिपनगर बस्ने ३७ वर्षीया जुलन गैरे र रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ बस्ने ३६ वर्षीय राजकुमार लोध रहेका छन्।
घाइतेमध्ये ढकाल र गैरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कार चालक लोधको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो। घाइतेहरूको बुटवलस्थित प्रालि अस्पतालमा उपचार भइरहेको छ।









प्रतिक्रिया