काठमाडौं । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ ।
हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्याउन प्रस्ताव गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारीमा मन्त्रालय छ ।
उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।
‘सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो,’ मन्त्री गौतमले भनिन् ।
व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको सन्दर्भमा यस्तो प्रस्ताव दगरिएको मन्त्रालयले जनाएको छ ।
‘जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,’ मन्त्री गौत्तमले भनिन् ।
बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएर साझा दायित्व भएको उनले बताएकी छन् ।









प्रतिक्रिया