२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अन्तराष्ट्रिय युवा दिवसः कपिलवस्तुमा सरोकारवालासंग अन्तर सम्वाद



कपिलवस्तु ।

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजना तथा नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन भन्ने मुल नारका साथ सिद्धार्थ सामाजिक विकास केन्द्रको सहभाहलमा सम्पन्न कार्यक्रममा युवा निति २०७२ र युथ भिजन २०२५ को बारेमा सरोकारवालाहरुसंग छलफल गरिएको थियो ।

४० प्रतिशत भन्दा बढी जनसंख्या ओगटेको युवा वर्गको सहभागिता, अवसर र चुनौतिको बारेमा आयोनका केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीले प्रस्तुत गर्नु भएको थियो । विशेष गरी युवा मैत्री लगानी नभएको, उद्यमशिलता व्यवसायको अभाव, परिवर्तनको सवालमा युवाहरुको दिगो विकास नभएको लगायतका युवाका समस्याहरुको बारेमा स्पष्ट पारिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले पछिल्लो समय युवाहरु लागुऔषध, दुबयसनी तथा कुलतमा फसेको अवस्थामा रहेकाले सचेतनाको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागी भएर नहुने भन्दै सिकेका कुराहरुलाई व्यवहारतमा लागु गरि समाज परिवर्तनमा गर्न सहभागीहरुलाई आग्रह गर्नु भएको छ । बालमैत्री नगरपालिका घोषणा भएको बाणगंगा नगरपालिकालाई दिगोपन दिनका लागि युवावर्ग जागरुक हुनुपर्ने बताउनुभयो । स्थानीय तहहरुमा बनेका योजनाहरुमा युवावर्गको सहभागीता अपरिहार्य रहेकाले स्थानीय तहसंग सहकार्य गरी विभिन्न सचेतनामुलक कार्य गर्नुपर्नेमा जोड दिंदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त भयो । ले समाज देश परिवर्तनमा युवा वर्गको अहम भुमिका रहेकाले युवावर्ग सचेत हुन आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला संयोजक हरि अधिकारीले युवाका लागि विभिन्न निति नियम निर्माण भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाले युवावर्गले विशेष पहल गर्न आवश्यक रहेको जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्बासे, पत्रकार बाबुराम रायमाझीले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८ बिहिबार ००:००  ४ : १४ बजे