२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

रोट्रयाक क्लब अफ बुद्धभूमिको अध्यक्षमा खनाल



कपिलवस्तु ।

रोट्रयाक क्लब अफ बुद्धभूमिको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हिजो शुक्रबार कपिलवस्तुको गोरूसिङ्गे स्थित मायज इन्टरनेशनल होटेलमा कार्यक्रम सम्पन्न भएको हो ।

विशिष्ट अतिथि तथा घद्दढद्द नेपाल–भुटानका इलेक्ट डिआरआर लक्ष्मण खरेलले रोट्रयाक क्लब अफ बुद्धभूमिका सन् २०२१÷२०२२ अध्यक्ष शिव खनाललाई पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ तथा पदभार ग्रहण पछि अध्यक्ष खनालले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

रोट्रयाक क्लब अफ बुद्धभूमिको सन् २०२१÷२०२२ का अध्यक्ष खनाललाई चाटर प्रेसिडेन्ट प्रदिप खनालले क्लब अधिकारिक प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले रोट्रयाकको कोलार पहिराई दिए ।

क्लबका आईपिपि प्रेसिडेन्ट रुपकराज खनालले (सन् २०२०÷२०२१) आफ्नो कार्यकालमा क्लबले भए गरेका कामको बारेमा चर्चा गरेका थिए ।
सन २०२१–२०२२ का लागि निर्वाचित प्रेसिडेन्ट खनालले आगामी वर्षको भावी कार्य योजना प्रस्तुत गरेका थिए । खनालले आगामी दिनमा सबै क्षेत्रबाट सहयोग र सदभावको अपेक्षा समेत व्यक्त गरेका छन ।

क्लबले चार जना नयाँ सदस्य थप गरेको छ । जसमा गिरीराज न्यौपाने, बाबुराम गिरी, नुमलाल घिमिरे, मोहन खड्कालाई कार्यक्रमका विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरेले पद तथा गोपनियताकोे सपथ गराएका थिए । विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेलले रोट्रयाकको पिन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा संविधान सभा सदस्य एवं पुर्व राज्य मन्त्रि सुरेन्द्रराज आचार्य, विशिष्ट अतिथि तथा घद्दढद्द नेपाल–भुटानका इलेक्ट डिआरआर लक्ष्मण खरेल, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख अनिल पौडेल, विशिष्ट अतिथि तथा रोटरी क्लब अफ कपिलवस्तुका चाटर प्रेसिडेन्ट टोपलाल पोख्रेल, विशिष्ट अतिथि जोन २०२३ का जेडआरआर दिपक घिमिरे, रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट राज क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि सुरेन्द्रराज आचार्य तथा प्रेसिडेन्ट शिव खनालको व्याक्तित्वमाथि क्लबका ज्वाईन्ट सेक्रेटरी कृष्ण गिरीले प्रकाश पारेका थिए ।
कार्यक्रममा रोटरी तथा रोट्रयाक, विभिन्न राजनीतिक दल, संघ संगठन का प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।

क्लबका चाटर प्रेसिडेन्ट प्रदिप खनालले सहभागी सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको प्रथम सेशन ईश्वरी पोख्रेल र दोस्रो सेशन कृष्ण गिरीले संचालन गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  ४ : ५१ बजे