७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेप्सेमा हरियाली, चार अर्ब बढी कारोबार



काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से बुधबार ६८.४७ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६८१.१० अंकमा कायम भएको छ। आज नेप्सेमा हरियाली छाएको छ। यस दिन ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.७२ अंकले बढेर ५०४.७३ अंकमा पुगेको छ। कारोबार भएका सबै परिसूचक बढेका छन्। सबभन्दा बढी नन लाइभ इन्स्योरेन्स ४०६ अंक, विकास बैंक २२४ अंक, माइक्रो फाइनान्स २९६ अंक, लाइभ इन्स्योरेन्स २५७ अंकले बढेका छन्।

प्रकाशित मिति : २० आश्विन २०७८ बुधबार ००:००  ३ : ३३ बजे