२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आईपीओ निष्काशन गर्न ६ कम्पनीले पाए अनुमति, कुनले कति कित्ता जारी गर्ने ?



काठमाडौं ।

आइतबार एकै दिन ६ कम्पनीले आईपीओ निष्काशन गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई अनुमति दिएको हो।

धितो पत्रबोर्डले हिजो ग्रिन भेञ्चरलाई ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता, जाल्पा लघुवित्तलाई ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बालेफी हाइड्रोपावर र नेष्डो समृद्धि लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ। राष्ट्र उत्थान लघुवित्त एनआईविएल एस क्यापिटल, इमर्जिङ नेपालको एनआईसी एशिया क्यापिटल र ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल र जालपा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७८ सोमबार ००:००  २ : ४३ बजे