८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बालाजु बाईपासमा ओल्ड स्कुटी रेष्टुरेण्ट सञ्चालनमा



मायादेवी अनलाइन, काठमाडौं ।
काठमाडौको बालाजु बाइपासमा ओल्ड स्कुटी रेष्टो सञ्चालनमा आएको छ । युवा व्यवसायी सरोज रिमालद्धारा सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेण्टको आज नायक एवम मोडल अनिल थापा र रिमा विश्वकर्माले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।
आफूले अरुले भन्दा भिन्न किसीमको सेवा दिने बताउने रिमाल भन्छन, ‘काठमाडौमा हजारौ रेष्टुरेण्ट छन तर हाम्रो सेवा सबै भन्दा भिन्न पाउनुहुनेछ ।’ नयाँ काम नयाँ ढंगले शुरु गरौं भनेर आफूले रेष्टुरेष्टको नाम ओल्ड स्कुटी राखेको बताउछन उनी । उनले रेष्टुरेण्टको वोर्डमै स्कुटर झुन्ड्याएका छन । भित्र राखिएको एउटा स्कुटरमा खाना खाने टेवुल समेत फिट गरिएको छ,जसमा बसेर स्वादिष्ट खानाहरुको मजा लिन सकिन्छ ।
काठमाडौको मुटु माछापोखरी नजिक रहेको उक्त रेष्टुरेण्टले पारिवारिक वातावरणमा मौलिक र स्वादिष्ट परिकारहरु खुवाउने लक्ष्य लिएको छ ।
युवा व्यवसायी रिमाल भन्छन, रोजगारीको लागि छट्पटाउदै पराई मुलुक धाउनु भन्दा दुख सुख आफ्नै देशमा व्यवसाय गर्नु राम्रो लाग्यो र रेष्टुरेण्ट व्यवसाय गर्ने निर्णय गरें’ । उनी भन्छन, ‘सकारात्मक सोचका साथ जुनसुकै काम गर्नुस तपाई अवश्य सफल हुनुहुन्छ ।’
रेष्टुरेण्ट ओपनिङ गर्न नपाउदै दैनिक ३०–४० हजारको व्यापार हुन थालेको समेत उनले बताएका छन् । उनले सुरु गरेको व्यवसायले कमसेकम पनि आधा दर्जन भन्दा बढीलाई तत्काल रोजगारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५ मंगलबार ००:००  २ : ०० बजे