८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रचण्ड, बाबुराम र उपेन्द्रबीच चुनाव केन्द्रित छलफल



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच भएको भेटवार्तामा चुनाव केन्द्रित छलफल भएको थियो।
‘स्थानीय तहको चुनावमा कसरी जाने भन्नेबारे छलफल गरिएको हो,’ स्रोतले भन्यो।
उनीहरूबीच करिब एक घन्टा छलफल भएको थियो। माओवादी र जसपा सरकारमा छन्। सत्तारूढ पाँच दलबीच तालमेल गरेर चुनावमा जाने सहमति छ। तर पालिकास्तरमा भने चुनावी तालमेल हुने वा नहुने भन्नेमा अझै यकिन भइसकेको छैन।

प्रकाशित मिति : ४ बैशाख २०७९ आइतबार ००:००  ३ : ३४ बजे