सिताराम चौधरी, चन्द्रौटा ।
कामना सेवा विकास बैंक लिमिटेडले कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा आफ्नो ५२औं शाखा शुभारम्भ गरेको छ ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी थारुले संयुक्त रुपमा बैंकको समुद्घाटन गर्नुभएको हो । बैंक उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले पछिल्लो समय चन्द्रौटा क्षेत्रमा वित्तीय संस्थाहरुको विस्तारसँगै यस क्षेत्रकै विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस क्षेत्रका नागरिकलाई सर्वसुलभ र भरपर्दो सेवा प्रवाह गर्न समेत उहाँले सुझाव दिनुभयो । बैंकका संचालक भिमप्रसाद तुलाचनले यसै आर्थिक वर्षमा बैंकको शाखा संख्या ५८ पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
कामना सेवा विकास बैकको अधिक पूँजी ३ अर्ब, चुक्ता पूँजी २ अर्ब ५० करोड, निक्षेप संकलन १४ अर्ब ४३ करोड र कर्जा लगानी १३ अर्ब २० करोड रहेको जनाइएको छ ।
बैंक समुद्घाटन कार्यक्रमको संचालन नायब महा प्रबन्धक हरिप्रसाद लम्साल र स्वागत महेशप्रसाद काफ्लेले गर्नु भएको थियो ।
१ असार २०७५ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया