६ असार २०८३, शनिबार | Sat Jun 20 2026

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै



काठमाण्डौ ।

नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले चुनावमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिका, अबको कार्ययोजनालगायतका विषयमा निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

एकीकृत समाजवादीले जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव समेत लिएको छ । केहीले चुनावमा प्राप्त अभिमतबाट पार्टी प्रतिपक्षमा बसेर अहिले भइरहेको हरेक क्षेत्रको ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ८ : २४ बजे