बाणगङ्गा ।
कार्तिक ४ गते फूलपातीको दिन देशै भरका दुर्गा मन्दिर पिठहरुमा फूलपाती भित्राइयो छ । यसैगरी कपिलवस्तु सहित बाणगङ्गा नगरपालिका १ बैरिया स्थित श्री दुर्गा भगवती मन्दिरमा पनि शनिबार दिउँसो बाजागाजा र शंखध्वनि संगै बिधिवत पुजा आराधना गरि फूलपाती भित्राइयो हो ।
दुर्गादेवीको प्रसन्नता र श्र्रदालु भक्तजनको दर्शनका लागि कोजाग्रत पुर्णिमा सम्मका लागि पन्चचंवर समेत कालिका मन्दिर अगाडि स्थापन गरि फुलपाती भित्राइएको मन्दिर ब्यबस्थापन समिति कोषाध्यक्ष दधिराम भट्टराईले जानकारी दिनुभयो । साथै बिजया दशमीको फुलपाती बिसर्जन गर्दा सदाको जस्तै कोजाग्रत पुर्णिमाको दिनमा नेपाली परम्परागत लोक संस्कृति अनुसार मालश्री गित, बाद्यबादन, पन्चेबाजाको संगितमय तालमा हातहतियार सहित मौलिक सरायँ नाच, फहरी नाच प्रदर्शन हुने भएको मन्दिर ब्यबस्थापन समिति सचिब मोहन गौतमले जानकारी दिनुभएको छ ।
कोजाग्रत पुर्णिमाको दिन मौलिक प्रस्तुतिका लागि नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान का अध्यक्ष बुद्दी सागर बेल्बासेको संयोजकत्वमा लिलापती घिमिरे, शंकर भट्टराई, दिपक बेल्बासे, शंकर पौडेल, ज्ञानु पौडेल, रमेश पौडेल, गणेश घिमिरे, लक्ष्मण घिमिरे, खगेन्द्र घिमिरे, डिल्लिराज खनाल, दधिराम घिमिरे, गणेश घिमिरे, चोपलाल बेल्बासे, जवाहरिलाल घिमिरे, खिमानन्द शर्मा लगायत सदस्य भएको सरायँ नाच उप समिति गठन भएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष चेतनारायण कडेलले जानकारी गराउनु भएको छ । कार्तिक ११ गते हुने मौलिक सरायँ नाच दृश्याअवलोकनका लागि सम्पूर्ण श्रदालु भक्तजनलाई निमन्त्रणा गर्दै बिगतमा भन्दा अझ सभ्य र भब्य ढङ्गले फरक प्रस्तुतिको तयारी रहेको संयोजक बुद्दी सागर बेल्बासेले जनाएका छन्।यस क्षेत्रकै पुरानो दुर्गा मन्दिर शक्ति पिठमा भक्तजनहरुको अथाह माया र सहयोग हुने विश्वास लिइएको छ ।







प्रतिक्रिया