६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

दक्षिण कोरियालाई ‘मुख्य शत्रु’ का रूपमा व्याख्या गर्नुपर्छ : किम जोङ उन



काठमाडौँ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको संविधान परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताएका छन् ।

आफ्नो भाषणमा उत्तर कोरियाली नेता किमले दक्षिण कोरियासँग एकीकरण सम्भव नभएको भन्दै संविधान परिवर्तन गरेर युद्ध भएको खण्डमा दक्षिण कोरियाली भूभाग उत्तरमा गाभ्न सकिने व्यवस्था गर्नुपर्ने टिप्पणी गरेको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

यसको जवाफमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउलले आफ्नो देशलाई उक्साउने गतिविधि गरेमा उत्तर कोरियामाथि बल प्रयोग गर्ने चेतावनी दिएका छन् । उनले उत्तर कोरियाले भ्रमपूर्ण गतिविधि र झुटो प्रचार गरिरहेको भन्दै दक्षिण कोरियाले एकजुट भएर सामना गर्नुपर्ने बताए ।

गएको १ वर्षयता २ देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको र दुवैले सैन्य क्षमता बढाउँदै लगेका छन् ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : ३३ बजे