५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कपिलवस्तुकी उमा विक माओवादी केन्द्रबाट निष्काशित



काठमाडौं ।
नेकपा माओवादी केन्द्रले दुई वैकल्पिक केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशित गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो।

निष्काशित हुनेहरूमा भक्तपुरका विरु तामाङ र कपिलवस्तुकी उमा विक छन्। उनीहरू पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै निष्काशन गरिएको पार्टीको तर्फबाट सम्प्रेषित सर्कुलरमा भनिएको छ।

विक केही समय अगाडी नेकपा (एमाले) प्रवेश गरेकी थिइन् ।

त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई स्पष्टीकरण सोधिएको छ। उनीमाथि जाजरकोटमा भूकम्प पीडिललाई राहत लिएर पुगेको चिनियाँ टोलीमाथि कुटपिट गरेको आरोप छ।

प्रकाशित मिति : ३ माघ २०८० बुधबार ००:००  ३ : १७ बजे