गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ स्थित प्रगतिशिल युवा क्लब ठाडाखोलाले एक औपचारीक कार्यक्रमका बिच चौथो मैत्रीपूर्ण खुला भलिबल एवम् सांस्कृतिक कार्यक्रम(२०७५ सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् वडा अध्यक्ष भिम बहादुर केसीले अनुशासन पूर्वक खेल खेलेकोमा सहभागी खेलाडीलाई धन्यवाद व्यक्त गर्नुभयो । विभिन्न सामाजिक क्षेत्रमा पु¥याएको योगदान प्रति प्रगतिशिल युवा क्लबलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
युवाहरुलाई खेल प्रति उत्साहित गर्दै सामाजिक विकासमा अग्रसर गराउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको थियो । पर्वका वेलामा जाँडरक्सी, जुवातास, लागुपदार्थमा व्यस्त हुने युवाहरुलाई खेलप्रति उत्साहित गर्न खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।
तीन दिन सम्म संचालन भएको कार्यक्रमलाई सभ्य र भव्यका साथ सफल बनाउन सहयोग गरेकोमा क्लबका अध्यक्ष सिङ्ग घर्तीलेले सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
आज भएको फाइनल खेलमा शितगंगा यूथ क्लब लामाताल प्रथम, अमराई युवा क्लब ठाडा द्वितिय र सुन्दर समाज युवा क्लब लामिदमार तृतिय स्थान हुन सफल भएका छन् । उक्त खुला भलिबल खेलमा ११ जना समूहले भाग लिएका छन् ।
त्यस्तै अन्य विविध कार्यकम अन्तरगत रसी तान खेलमा उत्कृष्ट प्रगतिशिल युवा क्लब, घैटाफोडमा मञ्जित रोका, सटफुटमा श्याम थापा, गाउँखाने कथामा आयोजक समूह अत्कृष्ट भएका छन् ।
त्यस्तै लोक दोहरीमा लाङघाली समूह प्रथम, प्रगतिशिल समूह द्वितिय र सुन्दर समाज समूह तृतिय भएका छन् । सबै खेल विधामा उत्कृष्ट हुनेलाई समापनसमारोहका बिच प्रमुख अतिथीद्वारा नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा सहयोग गर्ने दाताहरू विरबहादुर पुन, केशव सारु, बिक्रम रोका, सन ब. रोका, कमल रोका, मधु डाँगी, बिर बहादुर खत्री, पूर्ण बहादुर केसी, बवि किशोर बुढा, जयप्रकाश घर्ती, सन्देश घर्ती, दिलमान रोका, तानी रास्कोटी, राम प्रकाश घर्ती, सुन प्रकाश घर्ती, कालिका खनाल, ओमलाल ओली, दिपा रोका, पविसरा घर्ती, कर्मसरी बुढा, मुना रास्कोटी, ताल बहादुर खनाल, मनपुरा घर्ति, राजु नेपाली, मानसिङ डाँगी, तेज बहादुर खनाल लगाएतका व्यक्तिहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रम क्लबका अध्यक्ष सिङ्ग घर्तीको अध्यक्षता, पूर्ण बहादुर केसीको स्वागत मन्तव्य र गणेश बेल्बासे संगमको सञ्चालनमा सम्पन्न भएको थियो ।











प्रतिक्रिया