१० असार २०८३, बुधबार | Wed Jun 24 2026

पाणिनि तमाेभूमि प्राज्ञिक विमर्श : संरक्षण तथा सम्बर्द्धन उपत्यका समन्वय समिति गठन



कपिलवस्तु ।

संस्कृत भाषा, व्याकरण र साहित्यका सौम्य व्यक्तित्व महर्षि पाणिनिको ज्ञानभार विश्व भर फैलिएको छ । पाणिनिको जन्म इसा पुर्व ५०० देखि इसा पुर्व ४०० को आसपास मानिन्छ । हालको राजनीतिक बिभाजन बमोजिम पाकिस्तानमा जन्मेका पाणिनि ज्ञान आर्जन र चेतनाको खोजीमा भारतका विभिन्न ज्ञानस्थलको यात्रा गर्दै नेपाली भूमिमा आएको र नेपालको अर्घाखाँची जिल्लाको मनोरम पर्वत श्रृंखला पाणिनि दहमा आश्रय बनाइ तप, ध्यान साधनामार्फत आफ्नो ज्ञान आर्जनको उत्कर्ष चुमेको कुरा हामीले पढ्दै आएका छौ । पाणिनि तपोभूमिमै साधना गरेर पाणिनिले अष्ठाध्यायी जस्तो प्रयोगिक र बैज्ञानिक व्याकरणको अद्वितीय कृति सिर्जना गरे ।

अर्घाखाँची जिल्लामा अवस्थित ऐतिहासिक र प्राज्ञिक विरासत बोकेको यो पाणिनि तपोभूमिलाई अझ संरक्षण सम्बर्द्धन र प्रचारप्रसार गर्नका लागि राजधानीमा एक बृहत् विद्वत भेला र विमर्श सम्पन्न भएको छ । ललितपुरस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा गत शनिबार सम्पन्न कार्यक्रमको आयोजना ´पाणिनि तपोभूमि व्यबस्थापन संरक्षण तथा सम्बर्द्धन समिति`ले गरेको थियाे ।

आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णले कार्यक्रमको प्रमुख अतिथि एवम् वक्ताको रूपमा पाणिनि र पाणिनि तपोभूमि संरक्षण र सम्बर्द्धन सम्बन्धमा बिचार राख्नु भयो । पाणिनिको ज्ञानभार र पाणिनि तपोभूमिको महत्वकाे विषयमा प्राध्यापक डाक्टर भाववत ढकाल, राम प्रसाद भट्टराई, धनन्जय पौडेल र इन्द्र पछाइले संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा तपोभूमि व्यबस्थापन संरक्षण तथा सम्बर्द्धन समितिका संरक्षक बाबा योगिराज, समितिका अन्तरास्ट्रिय संयोजक नेत्र बन्धु पोखरेल, साहित्यकार एवम् पुर्व मन्त्री प्रदिप ज्ञवाली, पुर्व राजदुत दीपकुमार उपाध्याय, प्राध्यापक बिमला शर्मा, प्राध्यापक डाक्टर होमनाथ भट्टराई, प्राध्यापक डाक्टर गोबिन्द बोल श्रेष्ठ, पुर्व प्रशासक कृष्ण ज्ञवाली, दिनेशमणि घिमिरे, डाक्टर राजु अधिकारी, रुद्र प्रसाद पोखरेल, बिष्णु पोखरेल, प्रकाश खड्का, राम कार्की लगायतका प्राज्ञिक, सामाजिक र राजनीतिक व्यक्तित्वहरूले अध्ययन, अनुसन्धान, ज्ञान विस्तारको मार्गलाई आध्यात्मिक चेतनासँग जोडेर पाणिनि तपोभूमिको परिचयलाई प्राचीन वाग्मयको उद्गम र उर्वर थलोकाे रूपमा परिचित गराउनु पर्नेमा आ आफ्ना बिचार राख्नुभयो ।

पाणिनिको ज्ञान आर्जन र वाग्मय इतिहास जोडिएको ऐतिहासिक र मनोरम पाणिनि तपोभुमिको संरक्षण र प्रचारप्रसारका लागि २०७५ सालमा नेपाल सरकार तत्कालीन मन्त्रीपरिषदले ´एक सय नयाँ पर्यटकीय गन्तव्य`मा सूचिकृत गरेको थियो ।

२०८१ सालमा तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली तपोभूमि पुगेर पाणिनि सम्मेलन उद्घाटन गर्नुका साथै सात बुदे घोषणापत्र जारी भएको थियो । पाणिनि तपोभूमिका सन्दर्भमा पछिल्लो समय स्थानीय स्तरदेखि केन्द्रसम्म चासो चिन्ता र अध्ययन अन्वेषणमा रुचि बढ्दै गएको छ । तर पाणिनि तपोभूमिबारे अझ प्रयाप्त बिकास र प्रचारप्रसार हुन सकेको छैन ।

´पाणिनिलाई विश्वले चिन्दछ, अब पाणिनिले ज्ञान आर्जन गरेको पवित्र स्थल पाणिनि तपोभूमिलाई पनि वैश्विक परिचयमा लैजानु पर्छ` भन्ने उद्देश्यका लागि उक्त भेलाले ´पाणिनि तपोभूमि संरक्षण तथा सम्बर्द्धन काठमाण्डौ उपत्यका समन्वय समित` गठन गरेको छ ।

उक्त समितिमा प्राज्ञिक व्यक्तित्व, प्रा.डा. मोहन पन्थी संयोजक, पुर्व प्रशासक धनन्जय पौडेल र राम प्रसाद भट्टराई सह संयोजक, डा. बिदुर वस्ती महासचिव, यदुनाथ पोखरेल सचिव र दिपकराज गौतम कोषाध्यक्ष रहने गरी सामाजिक र प्राज्ञिक क्षेत्रमा आवद्दता र रुचि भएका फरक फरक क्षेत्रका २३ जना सदस्य सहित एकतिस सदस्यीय ´पाणिनि तपोभूमि संरक्षण तथा सम्बर्द्धन काठमाण्डौ उपत्यका समन्वय समिति`गठन भएको छ ।

समितिले तपोभूमिमा गुरुयोजना अनुसार अहिलेसम्म भएका कामको अबस्था अध्ययन, स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वयात्मक भूमिका निर्माण, स्थानीय तह देखि देश विदेशसम्म सकारात्मक प्रचारप्रसार गर्ने मूल उद्देश्य राखेको छ । साथै पाणिनिको प्राज्ञिक विरासत पूर्वीय दर्शनको अध्ययन अनुसन्धान र प्रकाशन,

पर्यावरण र पर्यटनको सम्भावना, पुर्वाधार बिकासका लागि आर्थिक श्रोत र लगानी सम्भावना लगायतका पक्ष र पाटोमा समन्वय गर्ने कुरा नवगठित समितिले जानकारी गरायो ।

समितिले प्राज्ञिक, आध्यात्मिक ,सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा दखल र रुचि भएका व्यक्तित्वहरू

आध्यात्मिक अभियन्ता चैतन्य कृष्ण, प्रा.डा.होमनाथ भट्टराई, प्रा.डा. जयराज आचार्य, कुटनीतिज्ञ कुलचन्द्र गौतम,

राजनीतिज्ञ प्रदीप ज्ञवाली, पुष्पा भुसाल, दीपकुमार उपाध्याय, पूर्व प्रहरी महानिरीक्षक वसन्त कुँवर,

पुर्व मानार्थ रथी यादवबहादुर रायमाझी, डा. ध्रुव भट्टराई, डा. चिरञ्जीवी भट्टराई, नेत्रबन्धु पोखरेल, पुर्व सचिव कृष्ण ज्ञवाली,

डा.मनोज थापा लगायतबाट सल्लाहकारका रूपमा सुझाव र मार्गनिर्देशन लिदै पाणिनि तपोभूमिको थप उनन्नयनम काम गर्ने बाताएको छ ।

प्रकाशित मिति : १० असार २०८३ बुधबार ००:००  ६ : ५६ बजे