१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लोक संस्कृति प्रतिष्ठानद्वारा प्रतिभा र दाता सम्मान



कपिलवस्तु ।

नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठानको आयोजनामा दिपावलीको अवसरमा खेलिएको मौलिक देउसीभैलोको शनिबार बिधिवत बिसर्जन गरिएको छ । कार्यक्रममा देउसी भैलो खेल्ने उत्कृष्ट कला प्रदर्शन गर्ने प्रतिभावान, लगनशील र अनुशासित विभिन्न बिधाका कलाकारलाई सम्मान समेत गरिएको थियो।

सम्मान प्राप्त गर्ने बाल कलाकार क्रमशः शिद्दिका पौडेल, राधालक्ष्मी शर्मा, तेजस्वी बेल्बासेलाई बाल प्रतिभा सम्मान, कलाकार मनिसा घिमिरे, जमुना घिमिरेलाई परम्परागत मारुनि नाच सम्मान, रमा सुवेदी बेल्बासे अनवरत सोरठी, झ्याउरे, दोहोरी गायन सम्मान, शंकर भट्टराई सोरठी, झ्याउरे, भजन, दोहोरी, भैलो उत्कृट मादल(बाध्यबाधन )सम्मान , कलाप्रेमी पोम नारायण क्षेत्री अनुशासन र लगनशीलता सम्मान, कृष्ण प्रसाद भट्टराई उत्कृष्ट बांसुरी बाद्यबाधन सम्मान, शंकर पौडेल देउसी भैलो ब्यबस्थापन सम्मान बिधामा सम्मान गरि प्रोत्साहन गरिएको छ।

त्यसैगरी यस बर्षको बिशिस्ट दाता सम्मानमा बाणगङ्गा ४ का समाजसेवी कृष्ण बहादुर कुंवर, उत्कृष्ट दातामा बाणगङा ४ कै कृष्ण बहादुर सारु, कमल पराजुली, सहयोगी दातामा बाणगङ्गा १ का राम प्रसाद घिमिरे, नारायण पौडेल, सुमन क्षेत्री, दुर्गा बहादुर थापा, कुल बहादुर चुंदाली, जिवलाल गैरे, बिस्णु प्रसाद पाण्डे, शुभाकान्त पौडेल, झबिलाल रोकाहा, रमेश पौडेल, चुडामणी घिमिरे, टिकाराम भुसाल, माया पुन मगर, बाणगङा २ का बुद्दिकृष्ण पौडेल, बिष्णु प्रसाद सापकोटा, नारायण शर्मा न्यौपाने, हिरा बहादुर रायमाझी, बिष्णु रायमाझी र बाणगङ्गा ७ का दिपक पौडेल लगायतलाई कदर पत्रले सम्मान गरिएको छ।

उक्त कार्यक्रममा संस्था, कलाकार र दाताहरु बिच पुनर्जागरण कार्यक्रम स्वरुप बनभोज समेत आयोजना गरिएको संस्थाका सचिब शंकर भट्टराईले जानकारी दिनुभयो । संस्थाले विभिन्न उत्सव तथा स्टेज शोमा भजन, झ्याउरे, सोरठी लगायतका झांकी समेत प्रस्तुत गरि मौलिकता संरक्षणमा सम्मान र प्रोत्साहन प्राप्त गरिरहेको संस्थाका सहसचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । संस्थाको आयोजनामा भएको देउसी भैलोबाट संकलित रकमले अत्यन्तै मितब्ययी ढङ्गले संस्थाका क्रियाकलाप संचालन गरि बचत रकम बाट मानबिय सेवा वा सामाजिक कार्य गर्ने लक्ष्य राखिएको संस्थाका कोषाध्यक्ष चन्द्रकान्त घिमिरेले बताउनु भयो ।

पश्चिमा संस्कारले आधुनिकताको नाममा गला, कला, शृजनशिलतामा धावा बोलिरहेका अवस्थामा लामो समयको कल्पनाले नेपालमा रहेका हरेक कला, भाषा, साहित्य, भेषभुषाका मौलिकताका बिबिधतालाई संरक्षण गरि सबैलाई सिर्जनशिल बनाइ हाम्रा पहिचालाइ जिवित राख्न विभिन्न कार्यक्रम गरि अगाडि बढने लक्ष्यमा रहेकाले सबैबाट सल्लाह सुझाब सहित सदस्य बनी संस्थालाइ सहयोग पुर्याउन संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेले सबैलाइ आग्रह गर्नुभएको छ।

बाणगङ्गा ४ निवासी समाजसेवी कृष्ण बहादुर कुंवर सर्वश्रेष्ठ दानदाताको रुपमा रहनु भएको थियो । उहाँको कार्यब्यस्तताका कारण कार्यक्रमका प्रमुख अतिथि शितगङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मान बहादुर सिंजापती हुनुहुन्थ्यो।

प्रकाशित मिति : १५ पुस २०८० आइतबार ००:००  ९ : २९ बजे