६ असार २०८३, शनिबार | Sat Jun 20 2026

ब्राइट लुम्बिनी एजुकेसनद्धारा अटो चालकलाई टि-सर्ट प्रदान



मायादेवी अनलाइन, जितपुर ।

ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रालिले सामाजिक कामलाई पनि निरन्तरता दिएको छ । कोरियन तथा जापनिज भाषामा उत्कृष्ट इन्टिच्यूटले विभिन्न सामाजिक काममा सक्रियता देखाएको हो ।
जसअन्तरगत शुक्रबार ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रालिले अटो व्यवसायीहरुलाई टि-शर्ट प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच अटो तथा ई-रिक्सा परिवारका सम्पुर्ण व्यवसायीहरुलाई टि-शर्ट प्रदान गरिएको प्रवन्ध निर्देशक अशिम कडेल क्षेत्रीले बताए ।
संस्थाको प्रचारप्रसारमा अत्यन्तै महत्त्वपूर्ण भुमिका खेलेको लुम्बिनी ई-रिक्सा व्यवसायीहरुमा एकरुपता देखाउनको लागि प्रा.लि.ले यस्तो कार्य गरेको क्षेत्रीले बताए ।


यता व्यवसायीहरुले महत्त्वपूर्ण कार्यमा आफुहरुलाई रोजेको भन्दै ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रालिले धन्यवाद समेत दिएका छन् । ई-रिक्सा व्यवसायलाई मर्यादित र यात्रुहरुले गुनासो नगर्ने गरि सेवा दिने सस्थाका अध्यक्ष ऋषिराम पोख्रेलले बताएका छन।
विगतमा लुम्बिनी लर्निङ्गको नाम बाट सञ्चालनमा आएको ब्राइट लुम्बिनी पछिल्लो समय जापानीज तथा कोरियन भाषा प्रशिक्षणको मुख्य केन्द्र बनिरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२ शुक्रबार ००:००  १० : ३० बजे