बाणगंगा ।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी आइतबार ९मंसिर ७० लोकप्रिय कलाकारहरूको आकर्षक प्रस्तुतीसँगै झनै रौनकिलो हुने भएको छ।
आयोजक उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार आइतबारको मुख्य आकर्षणमा चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, भोजपुरी मोडल प्रिती पाशवान, गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरू स्टेज तताउनेछन्। संयोजक शंकर भाट क्षेत्रीका अनुसार आइतबार विशेष सांगीतिक माहोल बन्नेछ।
मेलामा सिंहदरबार शैलीको सचिवालय, जलपरी शो, फिस टनेल लगायतका आकर्षणले दर्शकहरूलाई लोभ्याइरहेको छ।
दैनिक रु। १०० को टिकट खरिद गर्ने दर्शकहरूलाई लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ।
पर्यटन प्रवर्द्धन र स्वस्थ जीवनशैलीलाई प्रोत्साहित गर्न मेलास्थलमा साइकल स्ट्यान्ड समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
मंसिर ५ देखि १७ गतेसम्म संचालित यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै स्थानमा प्रस्तुत गर्दै कपिलवस्तुको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।







प्रतिक्रिया