वाणगंगा ।
लायन्स क्लब अफ कपिलवस्तुको १०औँ क्लब अधिवेशन बाँकेको कोहलपुर सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त अधिवेशनमा क्लबका पदाधिकारी, सदस्य तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति समिक्षा, आगामी कार्ययोजना, सामाजिक सेवा विस्तार तथा नेतृत्व विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
नयाँ कार्यसमिति घोषणा अधिवेशनले आगामी कार्यकालका लागि सुमन क्षेत्रीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। वर्ष २०२६/२७ का लागि प्रथम उपाध्यक्ष सागर घिमिरे, द्वितीय उपाध्यक्ष शान्तराज गैरे, तृतीय उपाध्यक्ष गिरिराज कडेल, चतुर्थ उपाध्यक्ष दामोदर पन्थी र पाँचौ उपाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् ।
यस्तै नयाँ समितिको सचिवमा प्रेम पाण्डे, कोषाध्यक्षमा नरेश भुसाल, सह–सचिवमा शोभाखर पराजुली र सह–कोषाध्यक्ष विष्णु घिमिरे रहेका छन् । त्यसैगरी लायन्स क्लव अफ कपिलवस्तुले अन्य जिम्मेवारीहरू पनि तय गरेको छ ।
नयाँ समितिको सेक्रेटरी एडभाइजरमा लायन सन्दिप भट्टराई, फाइनान्सियल एडभाइजरमा मनोज पौडेलले जिम्मेवारी पाएका छन् । यस्तै एम.ई.सी.पी युवराज पन्त, एल सी आई एफ विष्णु गैरे,पीआरओ माधव घिमिरे, क्लब डाइरेक्टर मोहन न्यौपाने लगायत चयन भएका छन्। सदस्यता संरचना अन्तर्गत पीआरओ मनु रसाइली, फेलोशिप संयोजक भरत राना, मिडिया संयोजक राजेन्द्र खनाल, क्लव ब्राण्डिङ यादव चुदाली, अनुशासन विभागमा विष्णु सापकोटा रहेका छन् । यस्तै किड्स/लियो, क्लब कोअर्डिनेटिङ, डिजास्टर रिस्पोन्स, ह्युमानिटी सर्भिस, हेल्थ, एम.सी.सी.पी, सी.एस.सी.पी, स्पोट्र्स/युथ, क्याबिनेट कोअर्डिनेटिङ जस्ता विभिन्न विभागहरू समेत गठन गरिएको छ।
कार्यक्रममा लायन्स वर्ष २०२५/२६ का अध्यक्ष नारायण पौडेलले आफ्नो कार्यकाल सफल बनाउन विभिन्न कोणबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
यस्तै नवनिर्वाचित अध्यक्ष सुमन क्षेत्रीले आफ्नो कार्यकालमा क्लबलाई अझ सक्रिय, उत्तरदायी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सबैको सहकार्यबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रमलाई प्राथमिकता दिने उनले बताए ।
यस्तै लायन्स कल्व अफ कपिलवस्तुका पूर्व अध्यक्ष कृष्ण के.सीले संगठन विस्तार, सदस्यता वृद्धि तथा युवाहरूलाई नेतृत्वमा ल्याउने विषयमा विशेष जोड दिए । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्षहरु धातानन्द भुसाल, रामशुभागे थारु, ओमप्रकाश घिमिरे, सुरेन्द्र घिमिरे लगायत लायन्स सदस्यहरुको आतिथ्यता तथा उपस्थित रहृको थियो ।
कार्यक्रम सचिव सन्दिप भट्टराईको सहजिकरणमा सम्पन्न भएको हो ।







प्रतिक्रिया