२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

बैरिया युवा समाजद्वारा देउराली घाटमा प्रतिक्षालय निर्माण



वाणगंगा ।

“सेवा नै धर्म हो” भन्ने प्रेरणादायी भावनासहित बैरिया युवा समाजले सामाजिक कार्यलाई निरन्तर अघि बढाउँदै आएको छ। यसैक्रममा समाजले नन्दनगरदेखि विक्रम पावरा जाने बाटोअन्तर्गत पर्ने देउराली घाट क्षेत्रमा प्रतिक्षालय निर्माण गरेको छ।

वाणगंगा ट्रक व्यवसायी समितिको सौजन्यमा निर्माण गरिएको उक्त प्रतिक्षालय बैरिया युवा समाजका सदस्यहरूको सक्रिय सहभागितामा देउराली घाटस्थित झोलुंगे पुल नजिक सम्पन्न गरिएको हो। विहीबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिएको श्रमदानमार्फत निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बैरिया युवा समाजका अध्यक्ष महेश राज पन्थले जानकारी दिए।

अध्यक्ष पन्थले सामाजिक कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सदस्य तथा सहयोगीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्। उनले सामूहिक प्रयास, एकता र सेवाभावले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २० चैत्र २०८२ शुक्रबार ००:००  ७ : ०१ बजे