२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

६ प्रदेशमा आज पनि मध्यम वर्षा र हिमपात



काठमाडौं : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यस्तै, मंगलबार दिउँसो भने कोशी र बाँकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र बाँकी हिमाली तथा पहाडी-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मंगलबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएको हो। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती प्रदेश र बाँकी हिमाली तथा पहाडी- तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।

प्रकाशित मिति : २९ बैशाख २०८३ मंगलबार ००:००  ८ : २१ बजे