६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कोलकातामा सुन्तला पर्यटन महोत्सव



काठमाडौं ।
नेपाललगायत हिमालय शृङ्खलामा जोडिएका देशमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतस्थित पश्चिम बङ्गालको राजधानी कोलकातामा तीन दिवसीय ‘हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल सुन्तला महोत्सव’ शुरु भएको छ।
भारतको एसोसियसन फर कन्जरभेसन एण्ड टुरिजमद्वारा आयोजित सो महोत्सव मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ। कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवले शुक्रबार साँझ कोलकाताको साल्ट लेकमा रहेको सिटी सेन्टरमा आयोजित कार्यक्रममा महोत्सव शुभारम्भ गर्नुभयो।

प्रकाशित मिति : २२ मंसिर २०७५ शनिबार ००:००  ५ : ५३ बजे