६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कांग्रेसद्धारा समिक्षा तथा सम्मान कार्यक्रम



अशोक पौडेल, जितपुर, २१ साउन ।
नेपाली कांग्रेस बाणगंगा नगर कार्य समिति कपिलवस्तुको आयोजनामा समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाणगंगाको बैरीयामा भएको कार्यक्रममा स्थानिय निकायको निर्वाचनमा बाणगंगा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुन सफल हुने मेयर देखि वडा सदस्यहरुलाई सम्मान गर्न उतm कार्यक्रमको आयोजना गरिएको हो । नेपालको मुल कानुन सबिंधान उपहार दिदै दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरिएको हो ।
साथै सो अवसरमा चुनावमा भएका बिभिन्न बिषयमा समिक्षा गर्दै आगामी दिनका लागी नया रणनिति तयार गरेको नगर कार्यसमितिका कार्यबाहाक सभापति बिष्णु थापाले बताउनुभयो ।
करिव नगर भित्रका ५ सय बढिको सहभागीता रहेको कार्यक्रममा मेयर मगंल प्रसाद थारु, नेपाली काग्रेसका महासमिति सदस्य दुर्गा सेन, जिल्ला सदस्य रवि काफ्ले रवि आर्चाय तथा काग्रेसका जिल्ला नेताहरु टेक बहादुर शाही, दिना सुवेदी, रुक बहादुर भुसाल लगायत निर्वाचित तथा पराजित वडा अध्यक्षहरुले आआफनो धारणा राखेको बाणगंगा नगरकार्य समितिका सचिव रामजि सेनले जानकारी दिएका छन ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ३ : ०३ बजे