१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

बिजयनगरमा शिबिर, १ सय ६ जनाले नेपाली नागरिकता लिए



अराज सिहं बेल्बासे, चन्द्रौटा ।
कपिलवस्तुको बिजयनगर गाँउपालिकाको आयोजनामा एक दिने नागरिकता घुम्ति शिबिर सम्पन्न भएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाको प्राबिधिक सहयोगमा वडा नम्बर १ र २ को दुधाधारी माबिमा बुधबार भएको शिबिरमा ४४ जना पुरुष तथा ६३ महिला गरी १ सय ६ जनाले नागरिकता बनाएका छन ।
जसमध्ये जेष्ठ नागरिक ७४ बर्षिय बासपति थारुको पतिको श्रीमानको मृत्यु भइसकेको अबस्थामा समेत नागरिकता नबनेकोमा देवरको सनाखतमा नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका अधिकृत जगदिश अर्यालले जानकारी दिनुभयो ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नर बहादुर खड्काको नेतृत्वमा सम्पन्न शिबिरमा लामो समय सम्म नागरिकता पाउन समस्या भएका तथा बिभिन्न कारणलेजान नसकेका हरुको लागी शिबिर लाभदायी रहेको गाँउपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो ।
नागरिकता शितरण सँगै फोटो सहितको नावावली संकलन गरिएको थियो जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुका कम्प्युटर अपरेटर निश्चल मुस्तानका अनुसार शिबिरबाट १२६ जनाले फोटो सहितको नावावली दर्ता गराएका छन ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ३ : २२ बजे