७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

विप्लव नेतृत्वको नेकपाका ४५० नेता कार्यकर्ताद्वारा पार्टी परित्याग



भक्तपुर, साउन २२  । 

नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा आइतबार पार्टी परित्याग गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत उनीहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनयुद्धको लक्ष्य विपरीत पछिल्लो समय मनोगतवादी चिन्तन, अकर्मण्यतावाद, गोलचक्करवादी कार्यदिशा, अमूर्त दिशाहीन आन्दोलनलगायत क्रियाकलाप पार्टीभित्र बढ्दै गएका कारण आफूहरुले पार्टी परित्याग गरेको अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले बताउनुभयो ।

पार्टी परित्याग गर्नेमा आचार्यसहित नेकपा इलाका– ४ इञ्चार्ज जोवन तामाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ भक्तपुर अध्यक्ष विक्रम आचार्यलगायत जिल्ला तहका ४५० नेता तथा कार्यकता छन् ।– रासस

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ८ : ३८ बजे