७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

पार्टिभित्र अलोकतान्त्रिक गतिविधि हावी भएको गुप्ताको गुनासो



विकास बन्जाडे, कपिलवस्तु साउन २२ ।
राजपाका केन्द्रिय सदस्य बृजेश कुमार गुप्ताले पार्टिभित्र अलोकतान्त्रिक गतिविधि हावी हुँदै गएको बताउनुभएको छ । गृह जिल्ला कपिलवस्तु आउनु भएका नेता गुप्ताले महाधिवेशन पछि पनि अध्यक्ष मण्डल रहि रहने विधानमा उल्लेखित कुरा आफुहरुलाई मान्य नहुने बताउँदै यसो गरिए त्यो स्वीकार्य नहुने बताउँदै पार्टिमा अलोकतान्त्रीक गतिविधि हावी हुँदै गएको बताउनुभएको छ ।
राजपा बनाउनुमा आफुहरुको पनि भुमिका उल्लेख भएको बताउँदै विधानमा भएका त्रुटी सच्चिएर अगाडी बढ्न नेत्रृत्वलाइ सुझाव समेत दिनुभयो । कुनै पनि प्रजातान्त्रिक पार्टिमा महाधिवेशन पछि नेतृत्व छनौट हुने बैधानिक व्यवस्था हुँदाहुँदै त्यसको विकल्पमा जानु त्रुटिपुर्ण रहेको नेता गुप्ताको भनाइ छ ।
स्थानीय तह प्रदेश नम्वर २ को असोज २ गते हुने निर्वाचनमा भाग लिनुपर्ने आफुहरुको केन्द्रिय समिति बैठकमा सुझाव समेत रहेको नेता गुप्ताको तर्क छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ११ : ५९ बजे