८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अर्थमन्त्री भन्छन्, बैंकलाई नियमन गर्न छुट्टै कानुन बनाउदैछौं



काठमाडौं ।
सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको जानकारी दिए।

सोमबार काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले पूँजी बजारमा लगानी बढाउन पनि कोषलाई निर्देशन दिए। उनले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउनेतर्फ पनि सचेत गराए।

आयआर्जन हुने क्षेत्रमा लगानी गरेर नागरिक लगानी कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ। अर्थमन्त्री खतिवडाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि नागरिक लगानी कोषको गम्भीर ध्यानाकर्षण गराए।

प्रकाशित मिति : ४ चैत्र २०७५ सोमबार ००:००  ७ : १० बजे