८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राजेन्द्र महतोको प्रश्नः ‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो ?’



काठमाडौँ ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नीति तथा कार्यक्रम शाही सम्बोधनकै शैलीमा आएको बताएका छन् ।

संसद बैठकमा आइतबार भएको बैठकमा उनले भने, ‘नीति तथा कार्यक्रम श्री ५ को सरकार हुँदाको जस्तो छ । झुटको खेती जस्तो छ । जनताको अधिकारमाथि दिन दाहाडै धोका दिने नीति तथा कार्यक्रम आएको छ ।’

नेता महतोले अभि भने, ‘संविधानको सहमितमा विमति छैन रे, लौ हेर कहिले देखि विमति भएन रु आधा निन्द्रामा लेखेको हो क्या हो ?

नेता महतोले भने, ‘यो संविधानमा विमति छैन रे, ५० औँपटक यही संसदमा संविधानप्रति असहमति छैन भन्ने रु उपेन्द्र ९उपेन्द्र यादव ले दुई बुँदे सहमति गरेर संविधान संशोधन गर्ने भनेको होइन रु मधेस–थरुहट आन्दोलन भएको होइन रु’

नीति तथा कार्यक्रममा जे मन लाग्यो त्यही लेखिएको भन्दै उनले भने, ‘भाङ खाएर लेखेको हो ?’

संविधानप्रति व्यापक असन्तुष्टि रहेको र पूर्ण रुपमा स्वीकार गर्न सकिएको अवस्था नरहेको उनले बताए । सरकारले अहंकार छोड्नु पर्ने उनले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  १२ : ४१ बजे