२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

महोत्तरीमा ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु



महोत्तरी ।
महोत्तरीमा सोमबार बिहान ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिपर ठोक्किदा परिचय खुल्न नसकेको २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हो । दुवै गाडीका चालकहरु भने घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घाईते चालकको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६ सोमबार ००:००  ३ : ५३ बजे