५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल कानुन बनाए बदरः कानूनमन्त्री ढकाल



काठमाडौं ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने चेतावनी दिएका छन्।

मन्त्री ढकालले संविधान र कानुन विपरीत चल्न नदिन प्रदेश र स्थानीय सरकारले सबै कानुनको कपी संघीय सरकारलाई अनिवार्य उपलब्ध गराउने व्यवस्था गरिएको पनि स्पष्ट पारे।

बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान र संघीय कानुन विपरीतका कानुन निर्माण गर्न पाउने भ्रममा नपर्न पनि प्रदेश र स्थानीय सरकारलाई सचेत गराए।

मन्त्री ढकालले सरकारले संविधान बमोजिमनै विधेयक निर्माणको काम गरिरहेको दावी पनि गरे। मन्त्री ढकालले विधेयक निर्माणका लागि विज्ञहरुको सुझाव लिन पनि सरकार प्रतिवद्ध रहेको बताए।

उनले विधेयक निर्माणको कामलाई छिटो पूर्णता दिन पनि मातहतका सबै निकायलाई सचेत गराए।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  ३ : ५९ बजे