२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सरकारले मानव अधिकार आयोगकै अधिकार हनन गर्‍योः कांग्रेस



काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगकै अधिकार हनन हुने गरी सरकारले कानून बनाउन लागेको आरोप लगाएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सोसम्बन्धी विधेयक संसदमा पेश गरेको बताए ।
प्रवक्ता शर्माले पार्टीका तर्फबाट उक्त विधेयकप्रति आपत्ति समेत जनाए ।
विधेयकको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानून बनाउने काम रिटायर्ड न्यायाधिशको हो रु भनि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई प्रश्न सोधेकोमा पनि शर्माले आपत्ति जनाए ।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी लगानीमै गर्ने निर्णय उल्ट्याइएकोमा पनि आपत्ति जनाए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  २ : ४५ बजे