७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

राजा वीरेन्द्रका एडिसी थापाको निधन



काठमाडौं ।
राजा वीरन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ। थापा वीरेन्द्रका प्रिय र निकट थिए। भारतको नयाँदिल्लीमा उपचारका क्रममा फोक्सोमा समस्या भएका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ। पूर्वराजा ज्ञानेन्द्रले उनलाई थाइल्याण्डका लागि राजदूतको जिम्मेवारी दिएका थिए।

प्रकाशित मिति : ११ जेष्ठ २०७६ शनिबार ००:००  १२ : ४६ बजे